इंग्ल्यान्डको सानदार जित

Uncategorized

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । इंग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५–० को फराकिलो जित निकालेको हो ।इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, ट्याम्मी अब्राहम, जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले समान एक गोल गरे । गोलको वर्षा भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा ३ गोल थपेको थियो ।

एन्डोरामा शनिबार राति भएको खेलको १७औं मिनेटमा बेन चिलवेलको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता लिएको थियो । उनले जाडोन सान्चोको पासमा गोल गरेका थिए । ४०औं मिनेटमा फिल फोडेनको पासमा बुकायो साकाले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।५९औं मिनेटमा सान्चोको पासमा ट्याम्मी अब्राहमले गोल गरेपछि इंग्ल्यान्डले खेलमा ३–० को अग्रता लिन सफल भयो । ७९औं मिनेटमा जेम्स वार्ड प्रोजले पेनाल्टी चुकाएपनि रिवाउन्डमा गोल गर्दै इंग्ल्यान्डलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

८६औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ५–० को फराकिलो जित दिलाए । उनले साम जोनस्टोनको पासमा गोल गरेका थिए ।यो जितपछि समूह ‘आई’ मा अपराजित रहेको इंग्ल्यान्ड ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित एन्डोरा ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

20 thoughts on “इंग्ल्यान्डको सानदार जित

Trả lời

Email của bạn sẽ không được hiển thị công khai.